जर्मन बुन्डेस लिगा: वायर्न म्युनिख शीर्ष स्थानमा
जर्मन बुन्डेस लिगा: वायर्न म्युनिख शीर्ष स्थानमा
५ फागुन २०७६ एजेन्सी: वायर्न म्युनिख जर्मन बुन्डेस लिगाको शिर्ष स्थानमा उकिलिएको छ । आइतबार राति भएको खेलमा साबिक विजेता एफसी कोलनलाइ ४-१ ले पराजित गर्दै उपाधि हात परेको छ ।
एफसी कोलनको घरेलु मैदानमा जित दर्ता गर्न रोबेर्ट लेवान्डोस्की किङ्ग्स कोम्यानल र सेर्गे ग्नाब्रीले गोल गरेका थिए भने एफसी कोलनलागि मार्कले एक गोल गरेका थिए ।
वायर्न म्युनिखको लागि पहिलो गोल खेल तेस्रो मिनेटमा रोबेर्ट लेवान्डोस्कीले गरेका थिए । खेलको तेस्रो मिनेटमै १-० को अग्रता बनाको वायर्न म्युनिखले ५ औं मिनेटमा अर्को गोल थप्दै अग्रता २-० ले अगाडी बढ्छ । दोस्रो गोल किङ्ग्स कोम्यानल गरेका हुन्छन ।
खेलको १२ औं मिनेटमा सेर्गे ग्नाब्रीले वायर्न म्युनिखको लागि गोल गर्छन र ३ -० को अग्रता बदाउन मदत गर्छन र पहिलो हाफ सकिनछ ।
दोस्रो हाफको ६६ मिनेटमा सेर्गे ग्नाब्रीले ब्यतिगत दोस्रो गोल गर्दा वायर्न म्युनिखले ४-० अग्रता अघि बदाउन मदत गर्छन् । एफसी कोलनलागि खेलको ७० औं मिनेटमा मार्कले सान्तोना गोल गर्नेछन् र वायर्न म्युनिखले ४-१ ले जित दर्ता गर्छ ।
एफसी कोलनलाइ ४-१ को जितसँगै वायर्नले २२ खेलबाट ४६ अंक जोडेको सफल भएको छ । वायर्न आरबी लिपजेइगलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । पराजित कोल्न २३ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।