नेपाली गायक अमेरिकी आइडलको शिर्ष २० मा (भिडियो सहित)
नेपाली गायक अमेरिकी आइडलको शिर्ष २० मा
५ फागुन २०७६ : नेपाली गायक दिवेश पोखरेल अमेरिकी आइडलको शिर्ष २० मा पर्न सफल भएका छन् । दिवेश पोखरेल अमेरिकी आइडलको १८ औं सिजनको शिर्ष २० भित्र पर्न सफल भएका छन् । दिवेश पोखरेल ६ बर्ष देखि अमेरिका बस्दै आएका छन् ।
अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी बेरीको अगाडि प्रस्तुती दिँदै काठमाडौंका दिवेश पोखरेल शिर्ष २० मा छानिएका हुन् ।
दिवेश पोखरेललाइ अडीसनमा अमेरिकि आईडलका निर्णायक लुक ब्रायनले ठूलो स्टार हुन सक्ने भन्दै तारिफ समेत गरेका छन् ।
काठमाडौंमा जन्मेका दिवेशले कर्णाली, प्रलय बीजस्ता गीत बजारमा ल्याइसकेका छन् ।
