स्पेनिस ला लिगा: सेल्टासँग रियलको बराबरी
स्पेनिस ला लिगा: सेल्टासँग रियलको बराबरी
५ फागुन २०७६ एजेन्सी: स्पेनिस ला लिगा फुटबलमा सेल्टासँग रियल मड्रिडले बराबरी खेलेको छ । हिजो राति भएको खेलमा १८ औं स्थानको सेल्टासँग रियल मड्रिडले बराबरी खेलेको छ । आफ्नै घरमा बराबरी खेलेपछि रियल मड्रिडलाइ ठुलो झट्का लागेको छ ।
बराबरीको नतिजापछि रियल मड्रिड स्पेनिस ला लिगाको अंक तालिकाको दास्रो स्थानमा रहेको बार्सिलोना सँगको दुरी बढाउने राम्रो अवसर गुमाएको छ ।
खेलमा सेल्टाले सुरुवाती अग्रता बनाउन सफल भएको थियो । सेल्टाका फेडेर स्मोलोभ्ले ७ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता बनाउन साफल भएको थियो । त्यसपछि रियल मड्रिडका टोनी क्रोसले १६ यार्डको दुरीबाट गोल गर्दै ५२ औं मिनेटमा खेललाइ बराबरीमा लिएर आए ।
६५ औं मिनेटमा रियल मड्रिडले पेनाल्टी पायो । सो पेलान्टीको सदुपियोक गर्दौ रियलले अग्रता २-१ अगाडी बदाउन सफल भयो । सो पेलान्टी सेर्जियो रामोसले प्रहार गरेका थिए ।
८५औं मिनेटमा डेनिस सुआरेजको पासमा सान्टी मिनाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि दुवै टोलिबाट थप गोल निस्कन नसक्दा रियाल सेल्टासँग बराबरीमा रोकिन बाध्यो बन्यो ।
बराबरीको नतिजापछि रियल मड्रिड रियालको २४ खेलबाट ५३ तथा समान खेलबाटै बार्सिलोनाको ५२ अंक छ । रियाललाई रोकेको सेल्टा २१ अंक जोडेर १७औं स्थानमा छ ।