क्रिकेटखेलकुद

क्रिकेट प्रशिक्षकको राजीनामाका बिषयमा आईसीसीलाइ सोध्नुस : क्यान

क्रिकेट प्रशिक्षकको राजीनामाका बिषयमा आईसीसीलाइ सोध्नुस : क्यान

२१ माघ २०७६ काठमाडौं : नेपाल क्रिकेट संघले राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवालको राजीनामाका बिषयमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सोध्न पत्रकारलाई आग्रह गरेको छ ।

प्रशिक्षक पटवालले राजीनामा दिएको खबर प्रकाशित हुनु अघि सम्म चुप बसेका क्रिकेट संघका पदाधिकारीहरुले राजिनामा आइसीसीलाइ बुझाएको र आफुलाई बोदार्थ मात्र आएकोले आफुले बोल्न नमिल्ने बताएका छन् ।

माघ २२ गते बाट सुरु हुने त्रिकोणात्मक सिरिजको अघिल्लो दिन आइतबार सोल्टी होटेलमा आयोजित पत्रकार सम्मेलनमा क्यान सचिव अशोकनाथ प्याकुरेलले पटवालले आईसीसीलाई राजीनामा बुझाएको बताएका छन्।

क्यान निलम्बनका बेला नियुक्त भएका पटवालको बिषयमा आईसीसी र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बीच के कस्तो सम्झौता भएको आफुलाई जानकारी नभएकोले उनीहरुले नै बोल्ने उनले बताए । ‘राजीनामाको विषय हामीले सीसी भएर जानकारी पाएको हो’ क्यानका सचिव प्याकुरेलले भने, ‘यसबारे आईसीसीले बोल्नुपर्छ, के हो ? कसो हो ? कुन टर्म एण्ड कन्डिसन के हो ? अब के गर्ने हो ?’

आईसीसी र राखेप जसरी अगाडि बढ्छ, त्यसमा क्रिकेट संघले सहयोग गर्ने उनले बताए ।