खेलकुदफुटबल

कोपा डेल रे: रियल मड्रिड क्वार्टरफाईनलमा प्रवेश

कोपा डेल रे: रियल मड्रिड क्वार्टरफाईनलमा प्रवेश

१६ माघ २०७६ एजेन्सी: रियल मड्रिड कोपा डेल रेको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । बिहिबार बिहान भएको खेलमा रियल मड्रिडले जारगोजालाई पराजित गर्दै रियल मड्रिड कोपा डेल रेको क्वार्टरफाईनलमा प्रवेश गरेको छ। रियल मड्रिडले जारगोजालाई ४-० ले पराजित गरेको हो ।

जारगोजालाई उसकै घरेलु मैदानमा रियल मड्रिडले पराजित गरेको हो । रियल मड्रिडलाई जित दिलाउन राफेल भरानो, लुकास भाजक्वेजले ,भिनिसियस जुनियर र वैकल्पिक खेलाडीको रपमा मैदान छिरेका करिम बेन्जिमाले समान एक एक गोल गरेका थिए ।

रियल मड्रिडको लागि पहिलो गोल राफेल भरानोले ६ औ मिनेटमा गरेका थिए । दोस्रो गोल लुकास भाजक्वेजले ३२ औ मिनेटमा गरेका थिए । तेस्रो गोल ७२ औ भिनिसियस जुनियरले गरेका थिए भने चौथो गोल ८० औ मिनेटमा वैकल्पिक खेलाडीको रपमा मैदान छिरेका करिम बेन्जिमाले गरेका थिए ।

जितसँगै रियल कोपा डेल रे को अन्तिम ८ मा प्रवेश गरेको छ । प्रतियोगिताको आज हुने खेलमा बार्सिलोनाले लेगानेसको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *