बिचित्र विश्व

नियमित सेक्स गर्दा निको हुन्छन यि पाँच रोग, जानी राखौँ

नियमित सेक्स गर्दा निको हुन्छन यि पाँच रोग, जानी राखौँ

हरेक प्राणीको लागि जीवनको अभिन्न पाटो हो सेक्स। यो आनन्दका लागि मात्र नभई आफ्ना आगामी पिढी संचालनका लागि समेत उत्तिनै आवश्यक छ।

कुरा अनौठो र भड्किलो लाग्न सक्छ । किनभने हामीकहाँ यौनको कुरा गर्नसाथ हामी लाजले खुम्चन्छौं । हामीलाई लाग्छ, यौन भनेको छाडा कुरा हुन् । यही भ्रमित मानसिकताले हामी यौनको बारेमा खुला चर्चा गर्दैनौ, यौनको उन्मुक्त आनन्द लिदैनौं ।

अध्ययनहरुले भन्छ, यौनसुख नै दाम्पत्य सफलताको प्रभावकारी सूत्र हो । तर, हाम्रो यौन जीवन त्यती सुखमय छैन, जति हुनुपर्ने थियो । त्यही कारण हाम्रो दाम्पत्य कसिलो र रसिलो हुन नसकेको ।

मानिसहरु यौनसम्पर्क अर्थात् सेक्स केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित यौनसम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने एक अध्यनले देखाएकाे छ ।

प्रोस्टेट क्यान्सरः

नियमित सेक्स गर्ने पुरुषलाई प्रोस्टेट क्यान्सरको खतरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् । महिनामा २१ पटक वा नियमित सेक्स गर्दा प्रोस्टेट क्यान्सरको खासै खतरा नहुने उनीहरुको भनाइ छ ।

टाउको दुख्नेः

नेशनल सर्वे अफ सेक्सुअल इन्स्टिच्युट एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित सेक्स फाइदाजनक हुने देखाएको छ । सोधले महिनामा ५ पटक भन्दा कम सेक्स गर्नेहरुलाई माइग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको छ ।

मोटोपन हुनबाट जोगाउँछ:

मोटोपनबाट समस्यामा परेकाहरुलाई पनि नियमित सेक्स राम्रो मानिएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित सेक्स मोटोपन घटाउन सहजसिद्ध हुने शोधकर्ताहरुको भनाइ छ ।

ब्लड प्रेशरः

उच्च रक्तचापका विरामीलाई पनि नियमित सेक्स फाइदाजनक रहेको अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा उच्च रक्तचाप नियन्त्रण हुने शोधको दावी छ ।

हृदय घातबाट कम खतराः

नियमित सेक्स गर्दा हृदयघातको खतरा पनि कम हुने अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोनका संतुलन बनि राख्ने हुँदा हृदयघातको कम हुने चिकित्सकहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *