खेलकुदफुटबल

सरस्वतीलाई ६-१ गोलले हराउँदै मछिन्द्र लिग तालिकाको शिर्ष स्थानमा

सरस्वतीलाई ६-१ गोलले हराउँदै मछिन्द्र लिग तालिकाको शिर्ष स्थानमा

३ माघ २०७६ : राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि एघारौं चरणका खेलहरु सुरु भएका छन । आजको पहिलो खेलमा उपाधि होडमा रहेको मछिन्द्र क्लबले रेलिगेशन जोनमा रहेको सरस्वती युथ क्लबलाई ६-१ पराजित गरेको छ। पहिलो हाफ सकिदा मछिन्द्र १-० ले अगाडी रहेको थियो।

मचिन्द्रकोलागि पहिलो गोल देवेन्द्र तामाङले ४० मिनेटमा गरेका थिए। खेलको ५४ र ७७ मिनेटमा गोल दिपक राईले दोस्रो र चौथो गोल गरेका थिए। मछिद्रको लागि तेस्रो गोल भने विशाल राइले ५९ मिनेटमा गरेका थिए। खेलको अन्तिम समयमा सोमिदेले २ गोल गर्दै ६-१ ले जित दर्ता गरेको छ।

खेलको ७८औ मिनेट्मा मचिन्द्रले पाएको पेनाल्टी प्रहार गर्ने क्रममा दिपक राइ चुके पछि उनी लिगको दोश्रो ह्याटृक बनाउनबाट चुकेका थिए ।

आजै एन्फा कम्प्लेक्समा हुने दोस्रो खेल विभागीय टिम त्रिभूवन आर्मी क्लब र एपीएफ क्लबबिच हुँदै छ । दोस्रो खेल ३ बजे देखि सुरु हुदै छ ।

आजको खेलमा जित आसिल गरे सङै मचिन्द्र २५ पइन्ट सहित लिग तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । उसले एघारौ चरण को खेल खेल्दा सम्म ८ खेलमा जित २ खेल बराबरी र एक खेलमा हार बेहोरेको छ ।

आजको दोस्रो खेलमा त्रिभूवन आर्मी क्लबले एपीएफ क्लबलाइ पराजित गरेमा उपधी होद्को शिर्ष स्थानमा उक्लने छ । एपीएफ क्लबले आर्मीलाइ पराजित गरेमा रेलिगेसन जोनबाट बच्न सजिलो हुन्थ्यो ।

त्रिभुवन आर्मी ७ खेलमा जित २ खेल बराबरी र एक खेलमा पराजित रहेको त्रिभुवन आर्मी २३ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।