खेलकुदफुटबल

ए डिभिजन लिग : एपीएफलाइ हराउदै आर्मी शिर्ष स्थानमा उक्लियो

ए डिभिजन लिग : एपीएफलाइ हराउदै आर्मी शिर्ष स्थानमा उक्लियो

२३ माघ २०७६ काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत ११ औ चरणको दोश्रो खेलमा त्रिभुवनआर्मी क्लब बिजयी भएको छ। आर्मीले एपीएफ बिरुद्ध २-१ गोल को जित निकाल्दै लिगमा अंक तालिकाको शिर्ष स्थानमा उक्लिन सफल भएको हो।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीको जितका लागि सन्तोष तमाङ्गले दुवै गोल गरेका हुन्। खेलको १६ मिनेटमा एपीएफका सन्तोस दंगालले आर्मीका भारत खवासलाइ बक्स भित्र फ़ाउल खेलेपछि पेनाल्टीको अवासार पाएको आर्मीका लागि सन्तोस तामांगले प्रहार गरेको पेनाल्टीले जाली चुमेपछि आर्मी १-० गोल अन्तरले अगाडी रह्यो।

खेलको ३७ औँ मिनेटमा रमेस दंगालले हेडर मार्फत दिएको बललाइ आशिस तामांगले दाहिने खुट्टाले प्रहार गरेको बलले जाली चुमेपछि एपीएफ र आर्मी १-१ को बराबरी खेल्न पुग्यो।

खेलको ४१ औं मिनेटमा सन्तोष तामाङ्गको दोश्रो गोलले जाली चुमेपछि आर्मी २-१ ले अगाडी रह्यो र यो नै निर्णायक गोल बन्न पुग्यो। त्यसपछि दोश्रो हाफमा कुनैपनि गोल हुन सकेन र आर्मीले २-१ गोल अन्तरले एपीएफलाइ हराउंदै लिगको अंक तालिकाको शिर्षस्थान ओगट्न सफल रह्यो।

आजको जित संगै आर्मी २६ अंक सहित अंक तालिका को शिर्ष स्थानमा रहेको छ। उसलाई पछ्याएको मछिन्द्र २५ अंक सहित दोश्रो स्थानमा रहेको छ। आजको खेलमा हार ब्येहोरेको एपीएफ ५ अंक सहित अंक तालिका को १३ औं स्थानमा रहेको छ।