डब्लुसीएल लिग २: सुशनले लिए ओमानको चौथो र पाचौं विकेट
डब्लुसीएल लिग २: सुशनले लिए ओमानको चौथो र पाचौं विकेट
२२ माघ २०७६ काठमाडौँ : नेपालका लागि सुशन भारीले चौथो र पाचौं विकेट लिएका छन्।
आईसीसी विश्व क्रिकेट लिग-२ आजबाट काठमाडौँमा सुरु छ । घरेलु टोलि नेपालले आज पहिलो खेल ओमन सँग खेलिरहेको छ । विश्व क्रिकेट लिग २ अन्तर्गतको खेल आज माघ २२ देखि २९ गते सम्म चल्ने छ। नेपाल र ओमनको खेल कीर्तिपुरस्थित टीयू अन्तराष्ट्रिय मैदानमा बिहान ९:३० बजे देखि सुरु भएको छ । खेलमा नेपालले टस जितेर बलिङ् रोजेको छ।
टस जितेर बलिङ सुरु गरेको नेपालले सानदार सुरुवात गरेको छ। नेपालले अहिले सम्म ५ विकेट लिन सफल भएको छ।
नेपालका लागि पहिलो विकेट कारण केसीले लिएका थिए। करन केसीले पहिलो विकेटका रुपमा ओमानका ब्याटमेन जितेंदर सिंहको विकेट लिएका छन्। त्यसैगरी दोश्रो विकेट पनि कारणले नै लिएका थिए। उनले दोश्रो विकेटका रुपमा सातौ ओभरमा ओमानका ब्याटमेन खवर अलिको विकेट लिएका ह्युन। तेश्रो विकेट भने अविनाश बोहराले लिएका छन्। उनले तेह्रौ ओभरको तेश्रो बलमा ओमानका ब्याटमेन अकिब इलियासको विकेट लिएका हुन्। अविनाश बोहराले गरेको बलिङमा रन लिने क्रममा दिपेन्द्र सिंह ऐरीले रन आउट गर्न पुगेका हुन्। त्यसैगरी चौथो र पाचौ विकेट भने सुशन भारिले लिन सफल भएका छन्। अनले खेलको १९औँ ओभर गर्ने क्रममा एकै ओभरमा दुइ विकेट लिएका हुन्।
सुशन भारीको ओडिआइ क्रिकेटको यो डेब्यु म्याच हो। उनले जिसान मक्सुद र सुरज कुमारको विकेट लिएका हुन्।
नेपालले वान डे मान्यता पाएको झण्डै दुई वर्षपछि घरेलु मैदानमा खेल्दै छ। त्रीकोणात्मक सिरिज अन्तर्गत नेपाल,ओमन र अमेरिकाले आफ्नो टोलीको घोषणा गरिसकेको छ । कीर्तिपुरस्थित टीयू अन्तराष्ट्रिय मैदानमा राउण्ड रबिन लिगको आधारमा एक दिवसिय श्रृंखला चल्नेछ ।
नेपाल प्लेइङ ११ : ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, पारस खड्का, सन्दिप लामिछाने, कारण केसी, आरिफ सेख, बिनोद भण्डारी, अविनाश बोहरा, सुसन भारी, रोहित पौडेल, शरद भेसवाकर, रहेका छन्