क्रिकेटखेलकुद

डब्लुसीएल लिग २: नेपालको प्लेइङ ११ मा परेका खेलाडीहरु

डब्लुसीएल लिग २: नेपालको प्लेइङ ११ मा परेका खेलाडीहरु

आईसीसी विश्व क्रिकेट लिग-२ आजबाट सुरु हुँदै छ । घरेलु टोलि नेपालले आज पहिलो खेल ओमन सँग खेल्दै छ । विश्व क्रिकेट लिग २ अन्तर्गतको खेल आज माघ २२ देखि २९ गते सम्म चल्ने छ।नेपाल र ओमनको खेल कीर्तिपुरस्थित टीयू अन्तराष्ट्रिय मैदानमा बिहान ९:३० बजे देखि सुरु हुँदै छ । खेल सुरु हुन केहि समय बाकि रहदा नेपालले टस जितेर बलिङ् रोजेको छ।

नेपालले वान डे मान्यता पाएको झण्डै दुई वर्षपछि घरेलु मैदानमा खेल्दै छ। त्रीकोणात्मक सिरिज अन्तर्गत नेपाल,ओमन र अमेरिकाले आफ्नो टोलीको घोषणा गरिसकेको छ । कीर्तिपुरस्थित टीयू अन्तराष्ट्रिय मैदानमा राउण्ड रबिन लिगको आधारमा एक दिवसिय श्रृंखला चल्नेछ ।

नेपाल प्लेइङ ११ : ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, पारस खड्का, सन्दिप लामिछाने, कारण केसी, आरिफ सेख, बिनोद भण्डारी, अविनाश बोहरा, सुसन भारी, रोहित पौडेल, शरद भेसवाकर, रहेका छन्