समाचार

पेट्रोल र डिजलको मूल्य घट्यो,ग्यासको मूल्य बढ्यो

पेट्रोल र डिजलको मूल्य घट्यो,ग्यासको मूल्य बढ्यो

२१ माघ २०७६ काठमाडौँ: नेपाल आयल निगमले पेट्रोल डिजल र मट्टितेलको मूल्य १ (एक) रुपियाले घटाएको छ भने एलपी ग्यासको मूल्य वृद्धि गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर रु २५ ले वृद्धि गरेको हो ।

अब खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १३७५ रुपैयाँ पुगेको छ भने पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ ।