खेलकुदफुटबल

बायर्न म्युनिक बुन्डेस लिगाको शीर्षस्थानमा

बायर्न म्युनिक बुन्डेस लिगाको शीर्षस्थानमा

१९ माघ २०७६ एजेन्सी: उपविजेता बायर्न म्युनिख जर्मन बुन्डेस लिगाको शीर्षस्थानमा रहेको उक्लिएको छ। सनिबार राति भएको खेलमा घरेलु टोली मेइन्जलाई ३–१ पराजित गर्दै बायर्न म्युनिक बुन्डेस लिगाको शीर्षस्थानमा उक्लिएको छ। बायर्न म्युनिकलाई जित दिलाउन रोवर्ट लेवान्डोस्की, थोमस मुलर र थियागो अलकान्ताराले गोल गरेका थिए।

बायर्न म्युनिखले पहिलो गोल खेलको आठौ मिनेटमा गरेको थियो। पहिलो गोल रोवर्ट लेवान्डोस्कीले गरेका थिए । दोस्रो गोल १४ औं मिनेटमा भएको थियो । सो गोल थोमस मुलरले गरेका थिए । तेस्रो तथा अन्तिम गोल खेलको २६ औं मिनेटमा भएको थियो ।तेस्रो गोल थियागो अलकान्ताराले गरेका थिए।४५औं मिनेटमा घरेलु टोलीका जेरीले एक गोल गर्दै खेलमा फर्कने संकेत गरे पनि जित दर्ता गर्न भने सकेन।

जितसँगै वायर्नले २० खेलमा ४२ अंक जोडेको छ । वायर्नले आरबी लिपजिगलाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । १८ अंक जोडेको मैन्ज १५ औं स्थानमा रहेको छ ।