अन्तरास्ट्रिय

चीनमा सडकको खाल्डोमा बस खस्दा छ जनाको मृत्यु

चीनमा सडकको खाल्डोमा बस खस्दा छ जनाको मृत्यु

२९ पुस २०७६ काठमाडौं : चीनमा सडकमा भएको एक खाल्ड़ोमा बस खस्दा कम्तिमा छ जनाको मृत्यु भएको छ।

मध्य चीनको सडकबीचमा रहेको खाल्डोले बससँगै पैदल यात्रुलाई निलेको बीबीसीले जनाएको छ ।
छिन्हाइ प्रान्ताको राजधानी सिनिङस्थित एक अस्पताल बाहिर रहेको खाल्डोमा पैदल यात्रुसँगै बस छिर्दा कम्तिमा छ जनाको मृत्यु र १६ जना घाइते भएका हुन् । सीसीटीभी फुटेजमा देखाइए अनुसार सोमबार साँझ बस र नजिक उभिएका ब्यक्ति भित्र खसे लगत्तै विष्फोट भएको थियो ।

बिगत् केही वर्ष यता चीनियाँ सडकमा खाल्डो बन्नु नियमित भएको बीबीसीले जनाएको छ ।