एमसिसीका बिषयमा सरकारलाई सुझाव दिन विज्ञ टोली गठन गर्न माग
एमसिसीका बिषयमा सरकारलाई सुझाव दिन विज्ञ टोली गठन गर्न माग
१७ माघ २०७६ काठमाण्डौ । राजधानीमा जारी नेपाल कम्यूष्टि पार्टी केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत राजनीतिक र सांगठनिक प्रतिबेदन तथा विधान संशोधन प्रस्तावमाथि समूहगत छलफलको निष्कर्ष आजदेखि बैठकमा प्रस्तुत गरिदैछ ।
ती प्रतिबेदनहरुमाथि विभिन्न १५ वटा समूहमा हिजो छलफल गरिएको थियो ।समूहगत छलफलका क्रममा केन्द्रीय सदस्यहरुले पार्टीले फागुनदेखि सञ्चालन गर्न लागेको अभियानसहित महाधिवेशनसम्मको कार्यक्रम ल्याएको, सरकार र पार्टीका कमीकमजोरीका बारेमा प्रतिवेदनमै उल्लेख भएकोमा नेतृत्वको आलोचना नगरेको एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो ।
समूहगत छलफलका क्रममा मिलेनियम च्यालेञ्ज कर्पोरेशन– एमसिसीका बिषयमा नेतृत्व तहबाटै फरक फरक धारणा आउनु दुखदायी भएको भन्दै केन्द्रीय सदस्यहरुले त्यस सम्बन्धमा पार्टीले एक विज्ञ टोली बनाएर सरकारलाई सुझाव दिनुपर्ने धारणा राख्नुभएको बताईएको छ ।