जाजरकोटमा पुल बनेपछि सहज
जाजरकोटमा पुल बनेपछि सहज
१७ माघ २०७६ जाजरकोट: जाजरकोटको नलगाड नगरपालिका ११ को बाँनीयागाउँ र दम्का जोड्ने दाराखोलामा ट्रष्ट पुल निर्माण भएको छ ।
पुलबनेसँगै लामो समयदेखि काठको लाप्कोबाट जोखिम मोलेर आरपार गर्दै आएका स्थानीयबासीको आवागमनमा सहज भएको स्थानीय लालबहादुर बस्नेतले बताउनुभयो ।
‘पुल नहुदा बाानीयागाउँ, दम्का, ध्यारगाउँ लगाएत स्थानमा जानआउन समस्या थियो अब पुल बनेपछि सहज भयो’ बस्नेतले भन्नुभयो ।
दुर्गम क्षेत्र विकास समितिको २५ लाख लागत र स्थानीयको श्रमदानबाट पुल बनेको पुल निर्माण समितिका अध्यक्ष लालबहादुर बाँनीयाले जानकारी दिनुभयो । पुल २० मिटर लामो र १ मिटर चौडा छ ।