समाचार

आज कहाँ कहाँ वर्षा र भारी हिमपात हुने ?

आज कहाँ कहाँ वर्षा र भारी हिमपात हुने ?

१४ माघ २०७६ काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरेको छ ।मौसम पूर्वानुमान महाशाखा अनुसार नेपालकोपश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको साथै पश्चिमी भू-भागका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। तसर्थ सर्वसाधारणमा चिसोबाट बच्ने उपाय अपनाउनु हुन र यात्रा गर्दा सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ १४ गते (मंगलबार)
दिउँसो : देशको पश्चिमी र मध्य भू-भागमा सामान्य बदली तथा पूर्वी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भू-भागका केही स्थानहरु र मध्य तथ पूर्वी भु-भागका १-२ स्थानमा हल्का वर्षाको संभावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा र पुर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

रातीः देशको पश्चिमी र मध्य भू-भागमा सामान्य बदली तथा पूर्वी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भू-भागका केही स्थानहरु र मध्य तथ पूर्वी भु-भागका थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा र पुर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

माघ १५ गते (बुधबार)
दिउँसो : देशभर सामान्य बदली रहनेछ । पश्चिमी र मध्य भू-भागका अधिकांश स्थानहरु र पूर्वी भु-भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।

रातीः देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । पश्चिमी र मध्य भू-भागका अधिकांश स्थानहरु र पूर्वी भु-भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।

माघ १६ गते (बिहीबार)
दिउँसो : देशको उच्च पहाडी र हिमाली भेगमा सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ।पूर्वी र मध्य भू-भागका थोरै स्थानहरु र पश्चिमी भु-भागका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।

रातीः देशको पूर्वी भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको साथै पश्चिमी भू-भागका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।तसर्थ सर्वसाधारणमा चिसोबाट बच्ने उपाय अपनाउनु हुन र यात्रा गर्दा सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *