शहीद स्मारक ए डिभिजन लिगः आजदेखि नवौं चरणका खेल
शहीद स्मारक ए डिभिजन लिगः आजदेखि नवौं चरणका खेल
१३ माघ २०७६ काठमाडौँ: राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजदेखि नवौं चरणको खेल शुरु हुदै छ। आजको पहिलो खेल पुलिस र एपीएफबिच र दोस्रो खेल मछिन्द्र र थ्रीस्टारबिच हुँदै छ । एपीएफ र नेपाल पुलिसको खेल मध्यान्ह १२ बजे देखि रहेको छ भने मछिन्द्र र थ्रीस्टारको खेल दिउसो ३ बजे देखि रहेको छ ।
जारि लिगमा नेपाल पुलिस ११ अंक सहित ८ औ स्थानमा रहेको छ । नेपाल पुलिसले ३ खेलमा जित २ खेल बराबरी र ३ खेलमा पराजित रहेको छ । एपीएफ क्लबले भने एक खेलमा जित २ खेलमा बराबरी र ५ खेलमा पराजित रहेको छ । ५ अंक सहित एपीएफ क्लब १३ औ स्थानमा रहेको छ ।
मछिन्द्र क्लब १६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । ८ खेल खेलेको मछिन्द्र क्लबले ५ खेलमा जित, २ खेल बराबरी र १ खेलमा पराजित भएको छ । थ्रीस्टार क्लबले १४ अंक सहित अंक तालिकाको चौथो स्थानमा रहेको छ । थ्रीस्टार क्लबले ४ खेलमा जित दर्ता गरेको छ ।थ्रीस्टार क्लब २ खेलमा पराजित र २ खेलमा बराबरी खेलेका छन् ।
आठौं चरणको समाप्तिमा त्रिभुवन आर्मी १७ अंकसहित शीर्ष स्थानमा रहँदा दोस्रो र तेस्रो स्थानमा रहेका मछिन्द्र र मनाङको १६ अंक छ ।