राजनितीसमाचार

सभामुखको शपथ सोमबार बिहान हुने

सभामुखको शपथ सोमबार बिहान हुने

१२ माघ २०७६ काठमाडौं : आज भएको प्रतिनिधि सभा सभामुख निर्वाचनमा निर्बिरोध निर्वाचित हुनुभएका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाको शपथ सोमबार हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा उहाँले भोलि बिहान शपथ लिने कार्यक्रम तय भएको बुझिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकबाट सांसद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको थियो । नेपालको संविधानबमोजिम सभामुखले राष्ट्रपतिबाट शपथ लिनुहुने छ ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा महिलामाथिको यौन दुव्र्यवहारको विवादपछि गत असोज १५ गते सो पदबाट राजीनामा दिनुभएको थियो ।

प्रतिनिधिसभाको अर्काे बैठक यही माघ १४ गते दिउँसो १ बजे बस्नेछ ।