पत्रपत्रिका

२०७७ सालको दशैं-तिहार २५ दिन पर सर्‍यो

२०७७ सालको दशैं-तिहार २५ दिन पर सर्‍यो

२ माघ २०७६ काठमाडौँ: विक्रम संव २०७७ सालको दशैं-तिहार २५ दिन पर सर्‍योको छ । नयाँ पात्रोअनुसार असोज एक महिना मलमास परेकाले दुई चाडपर्व करिब एक महिना धकेलिएको हो।

पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले मलमासका कारण विवाहको लगनलाई समेत असर पारेको जानकारी दिनुभयो। आउँदो वर्ष विवाहको लगन करिब १५ दिनजति मात्रै छ। २०७६ सालमा करिब ३० दिन साइत परेको थियो।

व्रतबन्धको साइत जम्मा पाँच दिन मात्रै छ। पञ्चाङ्ग निर्णायक समितिले निर्णय गरेअनुसार विसं २०७७ सालको घटस्थापना कात्तिक १ गते परेको छ। पात्रोअनुसार कात्तिक ७ गते फूलपाती, ८ गते महाअष्टमी, ९ गते महानवमी र १० गते विजया दशमी अर्थात् टीका परेको छ।