महतोलाई छात्तिमा रडले घोचेर घाइते बनाएपछि टिपरले किचेर मारेको खुलासा
महतोलाई छात्तिमा रडले घोचेर घाइते बनाएपछि टिपरले किचेर मारेको खुलासा
२७ पुस २०७६ धनुषा : अवैध बालुवा गिट्टी उत्खनन अभियन्ता धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका दिलिपकुमार महतोलाई छात्तिमा रडले घोचेर घाइते बनाएपछि टिपरले किचेर मारेको खेलासा भएको छ।
महतोको हत्या आरोपमा पक्राउ परेका ४ जना आरोपितलाई प्रहरीले सनिबार बेलुका सार्वजनिक गरेको छ । जिप्रका धनुषाले राति साढे ८ बजे पत्रकार सम्मेलनको आयोजना गरी हत्या आरोपमा पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिनेमा चुरियामाई बालुवा गिट्टी प्रसोधन केन्द्रका सञ्चालक स्थानीय विपिनकुमार महतो, महोत्तरी बर्दिबास ९ का टिपर चालक मुनिन्द्र महतो, बर्दिबास २ का लोडर चालक जितेन्द्रकुमार महतो र स्थानीय मृतकका साथी रोशनकुमार यादव छन् ।
महतोको हत्या हुनुभन्दा अगाडी छात्तिमा रडले घोचेर घाइते बनाएपछि टिपरले किचेर मारेको पत्रकार सम्मेलनका क्रममा धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताएका छन् ।
खोलामा बालुवा उत्खनन् भइरहेको झुटो खबर मृतकका साथी रोशन मार्फत दिएर उनलाई खोलामा बोलाएर हत्या गरेको समेत प्रहरीले जनाएको छ ।
