जर्सीको सुटिङका क्रममा ‘साहिद कपुर’ घाइते
जर्सीको सुटिङका क्रममा ‘साहिद कपुर’ घाइते
२७ पुस २०७६ काठमाडौँ : बलिवुड सुपरस्टार सहिद कपूर सुटिङका क्रममा घाइते भएका छन्। साहिद कपुर नयाँ चलचित्र ‘जर्सी’को छायांकन गरिरहेका बेला बलले लागेर घाइते भएका हुन्।
मोहालीस्थित क्रिकेट मैदानमा क्रिकेट खेलिरहेको दृश्यको छायांकन गर्ने क्रममा साहिदको अनुहारमा बलले गम्भिर चोट लागेको हो । उनको अनुहारमा १२ टाँका लगाइएको भारतीय संचार माध्यमले बताएका छन् ।
चोट लागेपछि साहिद चलचित्रको छायांकन छाडेर केही दिन आराम गर्न भन्दै मुम्बई फर्किएका छन् । विमानस्थलमा लईएको यो तस्बिरमा उनी पत्नी मिरा राजपुतको साथमा देखिएका थिए । तर, साहिदले आफ्नो मुख भने छोपेका छन् ।
साहिदको क्रिकेट खेल्ने क्रममा ओठमा चोट लागेको भारतीय मिडियाले जनाएका छन् । साहिदले अब ४–५ दिन आराम गर्नेपनि बताईएको छ ।
यो चलचित्र अगष्ट २८ तारिखमा रिलिज हुनेछ । साउथको हिट चलचित्र ‘जर्सी’को रिमेकको रुपमा यो चलचित्र बन्ने तयारीमा छ ।