ईङ्ल्याण्डका कप्तान केन चार महिना मैदान बाहिर
ईङ्ल्याण्डका कप्तान केन चार महिना मैदान बाहिर
२५ पौष २०७६एजेन्सी: ईङ्ल्याण्डका कप्तान ह्यारी केन करिब चार महिना मैदान बाहिर रहने भएका छन् । टोटेनहमका फरवार्डर र ईङ्ल्याण्डका कप्तान समेत रहेका ह्यारी केन करिब चार महिना मैदान बाहिर रहने भएका छन् । २६ बर्षका केन नयाँ बर्षको दिन साउथह्याम्टनविरुद्व खेल्ने क्रममा ह्यामस्ट्रिङको चोट बोकेका थिए ।
चोट बोकेका ह्यारी केनले च्याम्पियन्स लिगको अन्तिम १६ को खेल पनि गुमाउनेछन्। च्याम्पियन्स लिगमा जर्मन क्लब आरबी लिपजिग विरुद्वको खेल ह्यारी केनले गुमाउने भएका हुन् ।
ह्यारी केन अप्रिलमा ट्रेनिङमा फर्कनेछन् । सन् २०२० को युरोकप सुरु हुनु दुई महिना अघि मात्र ह्यारी केन मैदान देखिनेछन् । केनले देश र क्लबका लागि यस सिजन ३१ खेलमा २७ गोल गरेका छन् । ह्यारी केन टोटेनहमका मुख्य खेलाडी रुपमा परिचित छन् । टोटेनहम प्रिमियर लिगको छैटौ स्थानमा छ ।