अब कसले तोड्ला इरफान पठानको रेकोड ?
अब कसले तोड्ला इरफान पठानको रेकोड ?
२१ पौष २०७६ एजेन्सी: भारतीय टिमका ऑलराउंडर इरफान पठानले सबै फर्म्याटबाट सन्यास लिएका छन् । ३५ बर्षाका ऑलराउंडर इरफान पठानले सनिबार सबै फर्म्याटबाट सन्यास लिए हुन् । ३५ बर्षाका ऑलराउंडर इरफान पठानले अक्टूबर 2012मा आफ्नो अन्तिम खेल टिम इंडियाका लागि खेलेका थिए ।
अन्तिम चोटी अक्टूबर 2012 मा भारतको लागी खेलेका इरफान पठानले 29 टेस्ट (1105 रन र 100 विकेट), 120 वनडे (1544 रन र 173 विकेट) र 24 टी-20 अंतरराष्ट्रीय (172 रन र 28 विकेट) मैच खेलेका थिए ।
इरफान पठान 2007को टी-20 वर्ल्ड कप फाइनलमा मैन ऑफ द मैच भएका थिए। २००६ मा पाकिस्तान बिरुद्ध इरफान पठानले नँया रेकोड बनाए जुन जो तोड्न निकै मुस्किल छ। सन् २००६ मा भारतका इरफान पठानले पाकिस्तानविरुद्धको टेस्ट क्रिकेटको पहिलो ओभरमै ह्याट्रिक लिएका थिए इफानले पहिले शलमान बटलाई आउट गरे। त्यसपछि युनिस खान आउट भए र मोहम्मद युसुफलाई आउट गर्दै ह्याट्रिक विकेट पुरा गरेका थिए । यो रेकर्ड अहिलेसम्म तोड्न सकिएको छैन ।
हाल इरफान पठान क्रिकेट कमेन्टेटरको भूमिकामा देखा पर्दै आएका छन् ।