अन्तरास्ट्रिय

बग्दाद विमानस्थिलमा अमेरिकी आक्रमण : सेनाका जनरल सहित ७ को मृत्यु

बग्दाद विमानस्थिलमा अमेरिकी आक्रमण : सेनाका जनरल सहित ७ को मृत्यु

१८ पुस २०७६ इराक : इराकको राजधानी बगदादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको क्षेप्यास्त्र प्रहारमा परी इराकी अर्धसैनिक बल (पि.एम.एफ ) का इरानी सेनाका जनरल कासिम सोलेमानीसहित ७ जनाको मृत्यु भएको छ ।

पि.एम.एफ समूहका अनुसार, समूहको उच्च पदस्थ अतिथि बोेकेर विमानस्थलबाट फर्कने क्रममा गराइएको दुई सवारी साधनलक्षित आक्रमणमा ५ लडाकु र दुई अतिथि मारिएका बताइएको छ । आक्रमणमा परी इरानी सेनाका जनरल सोलेमानीसहित ७ जनाको मृत्यु भएको हो ।

शुक्रवार विहान अमेरिकाले रकेट आक्रमण गरेको इराकी अधिकारीहरुले बताएका छन् । रकेट आक्रमणमा परी सेनाका जनरल क़ासिम सोलेमानी बग़दाद इन्टरनेशनल एयरपोर्टमा मारिएको खबर बाहिरिएको छ ।

जनरल क़ासिम सोलेमानी ईरानी क़ुद्स फ़ोर्सका प्रमुख थिए । रकेट हमलामा कताइब हिज़बुल्लाहका कमाण्डर अबू महदी अल मुहांदिस पनि मारिएका छन् । अमेरिकाले आक्रमण गरेको इराकी अधिकारीहरुले बताएपनि अमेरिकाले भने आफ्नो भनाई सार्वजनिक गरिसकेको छैन ।