Breakingकोरोनाभाइरस

कोरोनाबाट रौतहटमा थप एकको मृत्यु

कोरोनाबाट रौतहटमा थप एकको मृत्यु

३१ असार २०७७ काठमाडौं : कोरोना भाइरस सं‌क्रमणका कारण नेपालमा बुधबार थप एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको पर्रोहा नगरपालिका- ७का ३६ वर्षका पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका दाजुको भारतमा कोरोनाका कारण मृत्यु भएको थियो ।

उनको अन्त्येष्टिमा सहभागी भएर फर्किएका परिवारका सदस्यलाई क्वारेन्टिनमा राखिएको थियो ।

त्यस क्रममा रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि ती युवकलाई असार २९ गते वीरगञ्जको नारायणी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।