अन्तरास्ट्रिय

कजाकस्तानमा ९८ यात्रु बोकेको बिमान दुर्घटना

कजाकस्तानमा ९८ यात्रु बोकेको बिमान दुर्घटना

११ पुस २०७६ काठमाडौँ : मध्य एसियाली मुलुक कजाकस्तानमा बिमान दुर्घटना हुँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ । दुर्घटना भएको बिमान बेक एयरको भएको स्थानीय समाचारले जनाएको छ।
सो बिमानमा ९३ जना यात्रु र ५ जना चालक दलका सदस्य रहेका थिए।

अल्माटी बिमानस्थलबाट उडेको केहि समयमै बिमान दुर्घटनामा परेर एक घरमा ठोकिन पुगेको थियो । चालक दलका सद्श्यसहित ९८ जना यात्रु बोकेर उडेको उक्त बिमान दुर्घटनामा मृत्यु हुनेको संख्या अहिलेसम्म १५ जना पुगेको जनाइएको छ ।

अन्य यात्रुको अवस्थाबारे समाचारमा उल्लेख गरिएको छैन् ।