खेलकुदफुटबल

२०१९ मा सर्वाधिक गोल गर्ने खेलाडीहरु

२०१९ मा सर्वाधिक गोल गर्ने खेलाडीहरु

केहि समय देखि विश्व फुटबल जगतमा सर्वाधिक गोलकर्ताको रुपमा लिओनल मेस्सीरोनाल्डो नाम प्राय जसो आउने गर्छ । तर २०१९ सकिदा सम्म जेर्मन क्लब च्याम्पियन बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्की विश्व फुटबलको सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा आएको छ । पोल्याण्ड र बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्की राष्ट्रिय टोलि र कल्ब गरेर ५८ खेल बाट ५४ गोल गरेका छन् ।

दोस्रो स्थानमा बार्सिलोना र अर्जेन्टिनाका फरवार्डर कप्तान समेत रहेका मेस्सीको नाम छ । कप्तान मेस्सीले ५८ खेलमा ५० गोल गर्दै दोस्रो स्थान हासिल गरेका छन् । तेस्रो स्थानको कुरा गर्ने हो भने पेरिस सेन्ट जर्मेन क्लब र फ्रान्सेली टोलीका खेलाडी किलीयन एमबाप्पे रहेका छन् । किलीयन एमबाप्पेले क्लब र राष्ट्रिय टोलि गरि ४४ गोल गरेका छन् । किलीयन एमबाप्पेले ४९ खेलबाट ४४ गोल गरेका हुन् ।चौथो स्थानमा म्यानचेस्टर सिटीका रहिम स्टरलिङ रहेका छन् ।

यस वर्ष ४१ गोल गरिसकेका किलीयन एमबाप्पेले अझै एक खेल खेल्न बाँकी रहेको छ । इटालियन च्याम्पियन युभेन्टसका फरवार्ड रोनाल्डो ५० खेलमा ३९ गोल गर्दै पाँचौ स्थानमा रहेका छन् । स्कटिस क्लब रेन्जर्सका फरवार्ड अल्फ्रेडो मोरेलोसले ५३ खेलमा ३८ गोल गरेका छन् । रियल मड्रिडका खेलाडी करिम बेन्जिमाको नाममा ३५ गोल रहेको छ । लिभरपुलका खेलाडी सादियो मानेको नाममा ३४ गोल रहेको छ ।