समाचार

तरुण दलको माग: स्वर्ण खेलाडीलाई २५ लाख दिएर सम्मान गर,खेलकुद मन्त्रिलाई बर्खास्त गर

तरुण दलको माग: स्वर्ण खेलाडीलाई २५ लाख दिएर सम्मान गर,खेलकुद मन्त्रिलाई बर्खास्त गर

२५ मङ्सिर २०७६ काठमाडौँ : १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई जनही २५ लाख दिएर समान गर्न र खेलकुद मन्त्रिको राजिमाना माग गर्दै विज्ञप्ति जारी गरेको छ । तरुण दलले विज्ञप्तिमा साग भ्रष्टाचार भएको दाबी गरेको छ ।

तरुण दलले स्वर्ण पदक जित्ने खेलाडीहरुलाई जनही २५ लाख यस्तै रजत पदक जित्नेलाई १५ लाख र कांस्य पदक विजेतालाई १० लाख रुपैयाँको दरले सम्मान गर्नुपर्ने तरुण दलको माग छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् ।

आयोजक नेपालले ५१ ओटा स्वर्ण जित्न सफल भएको छ भने ६० रजत र ९५ कांस्य पदक जित्दै प्रतियोगितामा दोस्रो भएको छ । यस्तै १७४ स्वर्ण, ९३ रजत र ४५ कांस्य पदकसहित भारत पहिलो भएको छ ।

तरुण दलको विज्ञप्ति यस्तो छ।
https://www.bishwaghatana.com/wp-content/uploads/2019/12/Tarun_dal.jpg