आलिया र रणबीरको विवाह आगामी जनवरीमा हुने
आलिया र रणबीरको विवाह आगामी जनवरीमा हुने
२५ मङ्सिर २०७६ काठमाडौँ : बलिवुड अभिनेता रणबीर कपुर र बलिवुडकै अभिनेत्री आलिया भट्टविच आगामी सन २०२० को सुरुवातमा विवाह हुने भएको कुरा सोसियल मिडियामा भाइरल बनेको छ । तर विवाहको मिति भने बाहिरिएको छैन।
यी दुइ जोडीबीचको विवाहका लागि दुवै परिवारका सदस्य राजी भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ । त्यस्तै उनीहरुको विवाहको कुरालाइ लिएर ऋषि कपुर र महेश भट्टविच कैयौ पटक कुराकानी भएको समाचार संस्थाले जनाएका छन् ।
भट्ट परिवारका सदस्यका अनुसार आलियाले विवाहका लागि विदेश नजाने योजना बनाएकी छिन् । आलियालाई काश्मिर निकै मन पर्छ भने उनले आफ्नो विवाह पनि काश्मिरमा मनाउनै योजना बनाएकी छिन् ।
तर यो जोडीले भने यो सामाजिक संजाल तथा संचार माध्याममा सबै हल्ला मात्र फैलिएको बताईरहेको छ।
मेघना गुलजारको फिल्म ‘राजी’को सुटिङको क्रममा आलिय सन २०१७ मा काश्मिर पुगेकी थिइन् । सोही समयदेखी आलिया काश्मिरको सौन्दर्यवाट मोहित बनेकी थिइन् । आलियाको योजनामा रणबीर पनि सहमत भैसकेका छन् ।-एजेन्सी