सिंहदरबारभित्र गोली चल्यो
१० कात्तिक २०७८ काठमाडौं : सिंहदरबारभित्र अकस्मात गोली चलेको छ । यद्यपि उक्त घटनामा कोहिपनि हताहत नभएको जानकारी आएको छ ।
बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो । उनीसँग सोधपुछ भइरहेको र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरी स्रोतजे बताएको छ ।