खेलकुद

१३ औं साग: भलिबलमा आज नेपालले बंगलादेशको सामना गर्दै

१३ औं साग: भलिबलमा आज नेपालले बंगलादेशको सामना गर्दै

१३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज भलिबल खेलमा नेपालले बंगलादेशको सामना गर्दै छ ।

भलिबलमा आज आयोजक नेपाल पहिलो प्रतियोगिता रुपमा बंगलादेशको सामना गर्दै छ ।
नेपालको पुरुष र महिला टिमले आजै समूह चरणको आफ्नो पहिलो खेल बंगलादेशविरुद्व खेल्दैछन् ।
महिला टिमको खेल आज दिउँसो ३ बजे रहेको छ भने पुरुष टिमको खेल आज साँझ ७ बजे रहेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय कभर्ड हलमा हुने छ ।
सागको औपचारिक उद्घाटन १५ मंसिरमा हुने भएपनि भलिबलका खेलहरु ११ मंसिरबाटै सुरु हुनेछ । पुरुषको समूह ‘ए’ मा भारत, नेपाल र बंगलादेश रहेका छन् ।

समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स र पाकिस्तान रहेका छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

महिला समुहमा नेपाल समूह ‘ए’ मा भारत र बंगलादेश रहेका छन् । समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

महिला तर्फको खेलतालिका
पहिलो दिन लिग चरणमा महिलाततर्फ नेपाल र बंगलादेशबीच खेल हुनेछ । दोस्रो दिन पाकिस्तान र माल्दिभ्स तथा भारत र बंगलादेशबीच खेल हुनेछ ।
तेस्रो दिन श्रीलंका र पाकिस्तान तथा भारत र नेपालबीच खेल हुनेछ ।
श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछ । आइतबार सेमिफाइनलका दुवै खेल हुनेछ ।
सोमबार तेस्रो स्थानको लागि तथा मंगलबार स्वर्णपदकको लागि खेल हुनेछ ।

पुरुष तर्फको खेलतालिका
पहिलो दिन लिग चरणमा बुधबार पुरुषततर्फ नेपाल र बंगलादेशबीच खेल हुनेछ ।
बुधबारनै माल्दिभ्स र पाकिस्तनबीच साँझ ५ बजे खेल हुनेछ ।
दोस्रो दिन श्रीलंका र पाकिस्तान तथा भारत र बंगलादेशबीच खेल हुनेछ ।
तेस्रो दिन भारत र नेपाल तथा श्रीलंका र माल्दिभ्बीच खेल हुनेछ ।
शनिबार सेमिफाइनलका दुवै खेल हुनेछ ।
सोमबार तेस्रो स्थानको लागि तथा मंगलबार स्वर्णपदकको लागि खेल हुनेछ ।