खेलकुदसमाचार

सागको उद्घाटन आज,यातायातमा जोर-बिजोर लागू

सागको उद्घाटन आज,यातायातमा जोर-बिजोर लागू
१६ मङ्सिर २०७६ काठमाडौँ: १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को औपचारिक उद्घाटन आज (आईतबार) हुदैछ ।
काठमाडौँको पुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गर्नु हुने छ ।
दक्षिण एसियाली खेलकुदको सबैभन्दा ठुलो खेल महोत्सवमा सातै देशको मार्चपास सहित नेपालको कला, संस्कृति र पहिचान झल्कने सांस्कृतिक कार्यक्रम राखिएको छ ।
उद्घाटन सत्रमा झण्डै ७ हजार मानिस सहभागी गराउने कार्यक्रम रहेको समारोह समितिले जनाएको छ ।
उद्घाटनमा विभिन्न कलाकारहरुले पनि सांगितिक प्रस्तुती दिनेछन् ।
अञ्जु पन्त, दिपक बज्रचार्य लगायत राष्ट्रिय कलाकारहरुले सांगीतिक प्रस्तुती दिनेछन् ।
आज हुने सग उद्घाटन खेलका लागि भनेर सरकारले जोर बिजोर प्राणी लागु गरेको छ ।
यो संगै आज बिजोर नम्बर भएका सवारी मात्र सडकमा गुड्न पाउनेछन्।
यदि तपाइको गाडीको नम्बर जोर छ भने आइतबार गाडी नचलाउनुहोस् ।
प्रहरीले समाएर दिनभरी राख्नसक्छ ।
अर्को जानकारी के भने केही पुराना या कमजोर गाडी छन् भने पनि प्रयोग नगर्नुहोस् ।
बिजोर छ र गाडी चलाउनै पर्ने भए काठमाडौँको मुख्य सडकको प्रयोग सकेसम्म गर्दै नगर्नुहोस् । किन की, आइतबारदेखि दक्षिण एशियाली खेलकूद प्रगियोगिता (साग) हुने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ ।
केही दिन अघि देखिनै खेल सुरु भए पनि सागको औपचारिक उद्घाटन भने आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने तथा विदेशी विशिष्ट पाहुना र खेलाडीको आवागमनका कारण हुनसक्ने ट्राफिक चुनौतीलाई ध्यानमा राखेर प्रहरीले बिजोर नम्बरका गाडी मात्रै चलाउन भनेको छ।
‘खेलकूद प्रतियोगितालाई शान्तिपूर्ण र भयरहित बनाउन तथा यातायत व्यवस्थापन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

त्यस्तै समापनको दिन मंसिर २४ गते भने जोर नम्बरका गाडी मात्रै चलाउन पाइने छ।