देशराजनितीसमाचारसमाज

डोटीका मतदान स्थल नजिक दुई ठाउँमा बम फेला

डोटीका मतदान स्थल नजिक दुई ठाउँमा बम फेला

१३ मङ्सिर २०७६ डोटी : डोटीको मतदान केन्द्र नजिकै दुई स्थानमा बम फेला परेका छन्। पहिलो बम आदर्श गाउँपालिका २ कुचेडा गाउँमा शुक्रबार राति करिब साढे दुईबजेतिर फेला परेको थियो। शुक्रबार राति करिब साढे दुईबजेतिर फेला परेको बमलाई राति नै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले डिस्पोज गरेको छ।

दोश्रो बम शनिबार बिहान करिब आठबजेतिर मतदान स्थलको छेउ पहिलेको करिब एक किलोमिटर टाढा फेला परेको प्रहरीले जनाएको छ। उक्त बम डिस्पोजल गर्न अर्को टोली परीचालन गरिएको छ। आदर्श गाउँपालिका – २ मा वडाध्यक्षका लागि शनिवार मतदान भइरहेको छ।

बम फेला परेपनि मतदान भने सुचारु रहेको बताइएको छ।