आर्थिकसमाचार

एनसेलको आकर्षक अफर: नयाँ बोनस भिडियो डेटा अति सुलभ मुल्यमा

एनसेलको आकर्षक अफर: नयाँ बोनस भिडियो डेटा अति सुलभ मुल्यमा

१३ मंसिर २०७६ काठमाडौं : एनसेलले आफ्ना पि्रपेड ग्राहकका लागि यहि मङ्सिर १३ गते देखि लागु हुने गरि आकर्षक बोनस डेटा योजना ल्याएको छ। यो योजना अन्तर्गत ‘मेरो प्लान’ लिएका एनसेलका ग्राहकहरुले अब बोनस डेटा प्राप्त गर्दै निःशुल्क युट्युब भिडियो स्टि्रमिङको मजा लिन सक्नेछन् ।

यो योजना यहि मंसिर १३ गते शुक्रबारदेखि लागु भएको छ । यो योजना अन्तर्गत प्लान १९९ र प्लान २९९ सुचारु गर्नुहुने ग्राहकले बोनस स्वरुप १ जिबी र ३ जिबी डेटा प्राप्त गर्नेछन् । त्यसैगरी प्लान ४९९ र प्लान ७९९ सुचारु गर्नुहुने ग्राहकले बोनस स्वरुप ६ जिबी र १५ जिबी डेटा प्राप्त गर्नेछन् । त्यस्तै प्लान ९९९ सुचारु गर्नुहुने ग्राहकले थप २५ जिबी डेटा प्राप्त गर्नेछन् ।

मेरो प्लान योजना सुचारु गरेका पि्रपेड ग्राहकले निश्चित बोनस डेटा भोलुम प्राप्त गर्नेछन् र प्राप्त भोलुमबाट ग्राहकले युट्युब तथा आईफ्लीक्समा निःशुल्क भिडियो स्टि्रमिङ र गुगल म्याप, जिमेल तथा अन्य गुगलका सेवाहरु प्रयोग गर्न सक्नेछन् ।

एनसेल ग्राहकले एस्टि्रक्स ३०२ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार ‘मेरो प्लान’ सुचारु गरि योजनाको मजा लिन सक्नेछन् ।