देशराजनितीसमाचारसमाज

पोखराको मतदानस्थल लक्षित गरि बम प्रहार

पोखराको मतदानस्थल लक्षित गरि बम प्रहार

१४ मंसिर २०७६ पोखरा : कास्की जिल्ला क्षेत्र नं. २ को मतदान जारि रहेका बेला मतदानस्थल नजिकै बम विस्फोट भएको छ ।

पोखरा नयाँबजारस्थित नवप्रभात माध्यमिक विद्यालयमा मतदान स्थल जारि रहेका बेला मतदानस्थलनजिकै बम विस्फोट भएको हो ।

मतदान भइरहेका बेला कसैले मतदान स्थललाइ लक्षित गरि माथिबाट बम फालेको र विस्फोट भएको थियो । तर कुनै मानविय क्षति भने नभएको बताइएको छ। मानिस नभएको स्थानमा बम प्रहार भएकाले अप्रिय घटना हुनबाट जोगिएको छ ।

बम विस्फोट भएपछि उक्त मतदानस्थलको मतदान २० मिनेट रोकिएको थियो । अहिले अवस्था सामान्य भएको र मतदान सञ्चालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले मतदानस्थल नजिकै बम विस्फोट भए पनि यसमा कसको संलग्नता छ भन्ने नखुलेको जनाएको छ ।