अन्तरास्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प अचानक अफगानिस्तान पुगे,कारण यस्तो !!

अमेरिकी राष्ट्रपति ट्रम्प अचानक अफगानिस्तान पुगे,कारण यस्तो !!

१३ मङ्सिर २०७६ एजेन्सी : आतंकबाद बिरुद्ध कठोर भएर लड्दै आएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प अचानक अफगानिस्तानमा पुगेका छन् ।तलिबानी बिद्रोही संगको बार्ता भंग भएको केहि समय नबित्दै उनि अचानक अफगानिस्तान पुगेका हुन्।

उनि त्यहाँ यसरि अचानक पुग्नुको कारण भने खासै ठुलो थिएन। ‘थ्याङ्सगिभिङ होलिडे’ को अवसरमा अमेरिकी सुरक्षाफौजसँग समय बिताउन र सुरक्षा व्यवस्था मजबुत बनाएर लडेकोमा धन्यबाद दिन ट्रम्प यहाँ पुगेका हुन् । बिहीबार साँझमात्र अफगानिस्तानको बग्राम पुगेका ट्रम्प सुरक्षाफौजसँग साढे दुई घण्टा समय बिताएर फर्किए ।

उनि त्यहाँ ओर्लिए लगत्तै उनको सुरक्षाका लागि कडा सुरक्षा नीति अपनाइएको थियो । तालिबानसँग वार्ता भंग भएको दुई महिनापछि ट्रम्पले अफगानिस्तान भ्रमण गरेका हुन् । अघिल्लो वर्ष ट्रम्प र उनकी पत्नी मेलानियाले गत वर्षको क्रिसमसको अवसर पारेर यसै गरी इराक भ्रमण गरेका थिए ।