अन्तरास्ट्रिय

माल्दिभ्सका पूर्व राष्ट्रपतिलाई भ्रस्टाचारको आरोपमा जेल सजाय

माल्दिभ्सका पूर्व राष्ट्रपतिलाई भ्रस्टाचारको आरोपमा जेल सजाय

१३ मङ्सिर २०७६ माले: माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्ला यामीनलाई पाँच बर्षको जेल सजाय भएको छ ।

बिहीबार साँझ यामीनलाई ५० लाख अमेरिकी डलर बराबरको जरिवानाका साथै पाँच वर्षको जेल सजाय सुनाइएको स्थानीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएका छन्। माल्दिभ्स फौजदारी अदालतका न्यायाधीश अलि रशिदको नेतृत्वमा रहेको पाँच जना न्यायाधीशको इजलासले सो फैसला सुनाएको हो ।

होटलको विकासका लागि विभिन्न टापुहरू भाडामा लिने सम्झौता गर्दा निजी कम्पनीमार्फत यामीनले एक लाख अमेरिकी डलर सरकारी रकम प्राप्त गरेको भन्दै दोषी ठहर गरिएको हो । यामीनले भने आफुमाथि लागेको आरोप अस्वीकार गर्नु भएको छ ।

भूतपूर्व राष्ट्रपति माथि भ्रष्टाचार गरेको आरोप लगाई अनुसन्धानलाई भ्रमित पार्न गलत बयान दिएको आरोप लगाइएको छ ।

यामीनका समर्थकहरू बिहीबार साँझ अदालतको घेरा हालेर मुद्दाको विरोध गर्दै भेला भएका र यामीनको रिहाइको लागि नारा लगाएका थिए । रासस/सिन्ह्वा