हाउठी विद्रोहीले खसाल्यो उडिरहेको साउदी हेलिकप्टर
हाउठी विद्रोहीले खसाल्यो उडिरहेको साउदी हेलिकप्टर
१३ मङ्सिर २०७६ एजेन्सी : यमनको हाउठी विद्रोही लडाकु समुहले साउदी अरेबियाको हेलिकप्टरलाई मिसाइल हानेर खसालेको दावी गरेका छन् ।
मिसाइल प्रयोग गरि खसालिएको हेलिकप्टरमा दुई पाइलट रहेको र देवै पाइलटको मृत्यु भएको बताइएको छ ।
हाउठी विद्रोही समुहले यमनी सीमाक्षेत्रमा हेलिकप्टर खसालेको जनाएको छ । एक सय भन्दा धेरै हाउठी बन्दीहरु रिहा भएको भोलिपल्टै यस्तो घटना गरेको हो । हाउठी प्रवक्ता यहा सारेआले ट्वीटरमा समेत मिसाइलको माध्यमबाट हेलिकप्टर खसालेको बताएका छन् ।
साउदी नेतृत्वको गठबन्धन सरकारले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । बिहीबार मात्रै १ सय २८ जना हाउठी विद्रोहीलाई साउदी अरेबियाले रिहा गरेको थियो ।
रिहा भएपछि उनीहरु यमनको राजधानी साना पुगेका थिए ।