समाचारसमाज

खोलाले स्काभेटर बगाउँदा चिनीयाँ चालकको मृत्यु

खोलाले स्काभेटर बगाउँदा चिनीयाँ चालकको मृत्यु

१२ मङ्सिर २०७६ काठमाडौँ : रसुवाको गोसाइँकुण्ड गाउँपालिका २ स्थित भोटकोशी खोलामा स्काभेटर खोलाले बगाएको छ। खोलाले स्काभेटर बगाउँदा चालक चिनीया नागरिक ३६ वर्षीय छु छिङको मृत्यु भएको हो ।

सुख्खा बन्दरगाहका लागि टिमुरेमा निर्माण हुने क्रममा भोटेकोशी खोलाबाट ढुङ्गा निकाल्न खोज्दा स्काभेटर पल्टेको थियो । प्रहरी नायब उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले स्काभेटर बगाउँदा छिङको मृत्यु भएको बताए । खोलाले करिब ५ सय मिटर तल बगाएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा लास निकाली पोष्टमार्टमका लागि सदरमुकाम पठाइएको प्रहरीले जनाएको छ ।