देशराजनितीसमाचार

अमेरिकालाई नेपाली सेनाको खरो जवाफ : नेपाल आतंकवादको सामना गर्न सक्षम छ

अमेरिकालाई नेपाली सेनाको खरो जवाफ : नेपाल आतंकवादको सामना गर्न सक्षम छ

११ मंसिर २०७६ काठमाडौं : अमेरिकाले केहि समय अघि नेपालमा मुजाहिद्दीन आतंकवादको खतरा रहेको बताएपछि नेपाली सेनाले त्यसको खरो जवाफ फर्काएको छ ।

अमेरिकी प्रतिवेदनमा भनिएझैँ नेपालको सुरक्षा स्थिति कमजोर नरहेको छनक दिने गरी सेनाले प्रतिआतंकवाद तथा ‘एन्टी हाइज्याकिङ’ सम्बन्धी कारबाहीमा उत्कृष्ट मानिएको टोलीसँग संयुक्त अभ्यास गरेको छ ।

प्रतिवेदन सार्वजनिक भएपछि ८ मंसिरबाट सेनाले सञ्चालन गरेको तालिम आफैंमा अमेरिकी प्रतिवेदनले भनेजस्तो अन्तर्राष्ट्रिय सुरक्षामा नेपाल तयार नभएको भन्ने विषयमा काउन्टर तालिम गरेको छ।

इजरायली डिफेन्स फोर्सको सहयोगमा नेपालमै भएको प्रतिआतंकवाद सम्बन्धी तालिमको निरीक्षण गर्ने क्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले भने, ‘आतंकवाद तथा जटिल र संवेदनशील सुरक्षा चुनौतीहरुको सामना गर्न नेपाली सेना सदैब सक्षम छ ।’

केहि समयदेखि चिनिया गतिबिधि नेपालमा बढे संगै भारत, अमेरिका लगायतका देशको नेपालमा पहिलेको भन्दा निगरानी बढ्न थालेको छ। त्यसैले पश्चिमा देशले नेपाललाई हरेक क्षेत्रमा कम्जोर पार्ने गतिबिधि बढाउदै लागेको आभास गर्न सकिन्छ।