११७ नगर प्रहरीले पाएनन तलब
१५ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकालाई नगर प्रहरी जवान उपलब्ध गराएको सेक्युरिटी कम्पनीले नगर प्रहरीलाई तलब नदिएको पाइएको छ ।
काठमाडौं महानगरले दिने रकम लिएर आफूहरुलाई तलब नदिएको भन्दै नगर प्रहरीको काम गरेका युवाहरुले युनिक सेक्युरिटी कम्पनीविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।
युनिक सेक्युरिटी कम्पनीले काठमाडौं महानगरपालिकाले ८ भदौ २०७९ मा निजी सेक्युरिटी कम्पनीबाट २०० जना नगर प्रहरी माग गर्दै आह्वान गरेको टेण्डर पाएको थियो ।
टेण्डर आह्वान गर्दा प्रति जवान मासिक ३५ हजार रुपैयाँ तलब, दैनिक २ सय रुपैयाँ रासन खर्च, एक महिना बराबरको दशैं खर्च र वर्षमा एक पटक १३ हजार रुपैयाँ लत्ता कपडा खर्च दिने प्रस्ताव महानगरपालिकाले गरेको थियो ।