Breakingसमाचार

हरि परियार उर्फ उदासी प्रहरी नियन्त्रणमा, छलफल जारी

१५ भदौ २०७८ : काठमाडौ : विभिन्न युट्युब च्यानलहरुमा अभियन्त हु भन्दै अभिव्यक्ति दिदै आएका हरि परियार उर्फ हरि उदासिलाई प्रहरिले नियन्त्रणमा लिएको छ । केही समय अघि प्रतिमा भन्ने पन्चमाया तामाङले आफू लाई १४ वर्ष पुग्दा पनि उदासिले बिबाह दर्ता नबनाइ २ बच्चाहरुको समेत जन्मदर्ता बनाई नदिएर अलपत्र पारेको भन्दै मिडियामा आएकी थिइन । आफू उदासी बाट अन्यायमा परेको भनेर महानगरीय प्रहरी परिसर महिला सेलमा निबेदन परेपछी स्वयम्भू प्रहरी बृतले छलफलको लागि नियन्त्रणमा लिएको हो । स्वयम्भू प्रहरी बृतबाट नियन्त्रणमा लिएर अहिले कालिमाटी महिला सेलमा छलफल चलिरहेको स्रोतले जानकारी दिएको छ । थप जानकारी आउन बाकी ।