राजनिती

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

१७ मंसिर २०७७ काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको ब्यास नगरपालिका वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्ने क्रममा प्रहरीले बरिष्ठ नेता पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो ।

पौडेलले आफूलाई प्रहरीले हिरासतमा लिएको भनी फेसबुकमा लेखेका छन् ।

संघीय सरकारको बजेटमा बनेको उक्त पुल पौडेलले उद्घाटन गरेर जस लिन खोजेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेता कार्यकर्ताले बिरोध जनाएका थिए ।

बुधबार पौडेल पुल उद्घाटन गर्न कांग्रेस कार्यकर्ताको ठूलो समूहसहित पुगेका थिए । तर प्रहरीले निषेधाज्ञा लगाइएको भन्दै पौडेललाई नियन्त्रणमा लिएको हो ।

निषेधित क्षेत्र तोड्न खोजेपछि पौडेललाई नियन्त्रणमा लिइएको डीएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।