विचारसमाचार

के नेपाल राष्ट्रको अस्तित्व नै सिध्याइदै छ त ?

के नेपाल राष्ट्रको अस्तित्व नै यसरी सिध्याइदै छ त ? आजसम्मको कथित क्रान्ति भित्र लुकेको भारतिय अभिष्ट के हो ? के नेपाल नागरिकता ऎन, २०६३ लाई संशोधन गर्न भन्दै ल्याइएको नंया विद्ययकले औपचारिक रुपमा नेपाल कसरी फिजिको बाटो हुँदै भुटानिकरण र पछि सिक्किमिकरण हुदैछ ?
के अब नेपाल राष्ट्रको अस्तित्व सिध्याउन शक्ति केन्द्रहरु अगाडि बढिसकेको अवस्थामा पनि हामी राष्ट्रवादीहरु चुपचाप बस्ने त ? या अबको बाटो के र कस्तो हुनुपर्छ ? जस्ले वैदेशिक शक्तिलाई पुर्णतः परास्त गर्न सक्छ ।
यस्तै प्रश्न नेपाली राजनीतिमा दिनहु गुञ्जिने गर्छ तर समाधानको प्रयास भने कहिँ कतै बाट खोजि भएको पाइदैन।

विं.सं २००७ साल देखि आजसम्मको राजनीतिक घटनाक्रम जसरी घटे या घटाइए ! यी सम्पुर्ण घट्नाक्रममा तत्कालीन सम्पुर्ण नेत्रुत्वको त्रुटिको कारण आजको परिस्थिति सृजना भयो ।

अत: आजसम्मका सारा बिक्रिती राजनीतिक अभ्यासलाई हामीले सुधार्ने र राष्ट्रलाई केन्द्रमा राख्दै जनचाहाना बमोजिमको परिवर्तन गर्न पहिलो कार्य रास्ट्र फिजिकरण हुनबाट जोगाउन आजसम्म भएका गम्भीर त्रुटि र गल्तिलाइ सच्याउदै अगाडि बढ्ने प्रतिबद्द्ता जाहेर गर्दछौ ।

राजनीतिक तथ्य

१) सन् १९४७ – भारत आफै बेलायतबाट भर्खर मात्र स्वतन्त्र भइरहदा, नेपालमा पनि राणा शासनबाट मुक्त गराउने योजना भारतले बनाएको थियो, तत्कालीन परिस्थितिमा नेपालमा खुलेका राजनीतिक दल प्रजापरिषद् जस्ता दललाई नेपालमा आफ्नो राजनीतिक गतिविधि गर्न प्रतिबन्ध भएको कारण भारतमा लुकि नेपालमाथिको राजनीति गर्नुपर्ने अवस्था थियो, त्यो नै नेपाल रास्ट्रकोलागी क्यान्सर सरह भयो । जस्को कारण नेपालमा भारतियहरुले सहयोग गर्ने नाममा सिधै हस्तक्षेपकोलागि औपचारिक प्रवेश तत्कालीन राजनीतिक दलका नेता मार्फत पाए ! यो पहिलो त्रुटि भएको हाम्रो ठम्याई हो ।
नेपालको आन्तरिक, राजनीतिक घट्नाक्रममा भारत प्रवेश हुनु नै हाम्रोलागि अभिषाप सिद्ध भयो ।

२) हामिले अर्को त्रुटि यहीँ देख्यौ, जस्को जगमा विं.सं २००७ सालको क्रान्ति घटाईयो । तरपनी तुलनात्मक रुपमा नेपाल केही सफल भएकोमा हाऐ स्पस्ट छौ । उदारहणको निमित्त, जस्तो २००७ सालमा राणा शासन हटिसकेपछी तत्कालीन राजनीतिक शक्ति नेपाली काङ्ग्रेसले नेपाली जनता द्वारा लेखिने संविधान चाहिन्छ त्यस्कोलागि संविधानसभाको चुनाव तत्कालीन राजा त्रिभुवनसङ्ग मिलेर गर्ने भनी भारतकै रोहवरमै भएपनि गराउन सफल भयो । तर तत्कालीन प्रधानमन्त्री मोहन समशेर र बिपिका दाइ मातृका कोइरालाको गद्दारिको कारण संविधान सभाको चुनाव हुन त दिएनन् कारण नेपालमा भारतिय नितिगत योजना लागू गर्नु थियो, जस्को लागि परिवर्तनमा सहयोग गरिएको देखिन्छ । जस्को कारण २००७ सालको राणा शासन हटेपनी प्रजातान्त्रिक व्यवस्था ल्याइएको भनिएपनी अनेकन बाहानामा भारतको सहयोगमा सत्ता परिवर्तनको खेल खेलिरहे । त्यो तत्कालीन सबै नेतृत्वको अर्को त्रुटी त्यहा भएको हाम्रो अर्को ठम्याई हो ।

३) यसरी राजनीतिक संक्रमणको सुरुवात २००७ साल देखी नै सुरुभयो जस्को प्रत्यक्ष कारण भारतले लिएको नेपाल निति देखियो । यस्को कारण भारत स्वतन्त्र रास्ट्र हुने बित्तिकै भारतले आफ्नो राष्ट्रिय नीति बनायो जुन नीति अन्तर्गत भारतसङ्ग सिमा जोडिएका सबै राष्ट्रहरु सकभर भारतमा गाभ्ने नसके आफ्नो नियन्त्रणमा राख्ने भारतिय नितिले नेपालमा पनि काम गर्यो ।

फलतः नेपालमा अस्थिर राजनीतिक अवस्था सृजना गरिराख्नु र आफू अनुकुल नेपाललाइ नियन्त्रणमा राख्ने उस्को योजना तत्कालीन नेपालका राजा र राजनीतिक दलका नेतृत्वले नबुझ्नु र हाम्रो आन्तरिक झगडाको कारण भारत सफल भएको देखिन्छ ।

४) नेपालमा २०१४ सालमा नेपाली काङ्ग्रेसको नेतृत्वमा फेरि विध्यार्थी आन्दोलन उठ्यो जस्को नेतृत्व बिपि कोइरालाले गर्नुभएको थियो भने माग थियो संबिधान सभाको चुनाव । तर विध्यार्थी आन्दोलन उठिरहदा राजा महेन्द्रले आँकलन जे गरे त्यो त्रुटि देखियो । अर्थात उनमा काङ्ग्रेसको आवरणमा भारत प्रत्येक्ष नेपाल पस्यो भन्ने बुझाइ देखियो यो निचोड नै त्रुटि थियो ।
राजा महेन्द्रको मुल त्रुटि तत्कालीन आन्दोलनले माग गरेको संबिधानसभाको चुनाव गर्नुपर्थ्यो त्यो हुन दिएनन् भने तत्कालीन काङ्ग्रेस नेता बिपि कोइराला पनि राजा महेन्द्रको अनेकन कुरामा भुलिए फलत उनी क्रमशः गले या गलाइयो ! यो अर्को त्रुटि बिपिको तर्फबाट भयो ।त्यस समयमा संविधानसभाको निर्वाचन छाडेर महेन्द्रको प्रस्ताव अनुसार संसदीय चुनावमा जाने निर्णय गर्नु नै काङ्ग्रेसको ठुलो गल्ती भयो ।
जनताको भनाई थियो पुर्ण लरुपमा जनविश्वास सहित जनताको साथ पाएका नेता बिपिले महेन्द्रको प्रस्तावमा फस्न हुन्थेन, अर्थात आफू प्रधानमन्त्री हुने सपनाको लोभ लालचमा परि तत्कालीन काङ्ग्रेस र राजा मिलि ०१५ सालमा संसदीय चुनाव गराउनु नै जनताप्रतिको अर्को गल्ती थियो । स्मरण गरौं , त्यस समयमा निर्वाचित सरकार गठन गर्न संसदीय चुनाव हैन कि- जनतप्रतिनिधिबाट संविधान लेखनको लागि संबिधानसभाको चुनाव हुनुपर्थ्यो । यो त्रुटि भयो, अर्थात नेपालि जनता हारे , नेताहरु र राजाहरुले जिते । त्यो समयको गलत निर्णयको परिणाम आजसम्म भोगिरहेका छौ ।

५) तत्कालीन राजा महेन्द्रको ठूलो गल्ती २०१७ पौष १ गतेको घट्ना ! त्यो माहात्रुटि थियो । दुईतिहाइ जनता द्वारा निर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गर्ने राजा महेन्द्रको कदम कतै न कतै नमिलेकै हो ।
त्यस समयका नेताहरुले बोल्नु भएको छ, त्यो कदम राजा महेन्द्रको एक्लैको मात्र थिएन । भनिन्थ्यो हामिले बुझ्नु पर्थ्यो, भारत कुनै न कुनै रुपमा राजासङ्ग थियो नै , बिपिको नेपाली काङ्ग्रेसमा पनि भारत सङ्गै थियो । भारतलाइ साथ लिनु , यो दुबै पक्षबाट गम्भीर त्रुटि अर्को भएको थियो ।

६) नेपाललाई यावत् समस्याले घेरेपनि अर्को मौका आयो त्यो भनेको २०२७ सालमा संबिधान पुनर्लेखन गर्दै जनताको माग संबिधानमा नै लेख्ने ! तर अर्को दुर्भाग्य भयो यो तत्कालीन सरकारको तर्फबाट स्वीकृति हुदै बिओइले पनि सहमती जनाएर नेपाल फर्कने योजना बनाउँदै गर्दा नेपालमा २०२८ सालमा राजा महेन्द्रको मृत्यु भयो । याहाँ अर्को स्मरण गरौं राजा महेन्द्रको मृत्यु पनि हृदयघातको कारण मृत्यु भएको भनिएपनी त्यस्लाई स्वभाविक मृत्युको रुपमा लिएको छैन !
त्यस समय लगत्तै नेपालको राज बिरेन्द्र हुनुभयो भने समयक्रममा महेन्द्रको मृत्युपछि संबिधान संसोधन पनि सकियो फलतः उत्साहित बिपि अलि निरुत्साहित भएको बताइन्छ भने बिपिले फेरि नेपाललाई केन्द्रमा राख्दै सिक्किम राष्ट्र भारतमा कसरी गाभियो ? र त्यो तस्विर देखेका बिपिले नेपालप्रतिको भारतिय नीति निस्तेज पार्ने अर्को योजना बुजि मेलमिलापको नीति बनाई त्यो लिएर २०३३ सालमा नेपाल फर्के । जब नेपाल फर्के तब उनलाई महेन्द्रको समयमा प्रस्ताव आए जस्तो सहयोग राजा विरेन्द्रको सरकारले गरेनन् मात्र महेन्द्र सरकारको पालामा अगाडि बढेको संबिधान संसोधनको मुद्दा ओझेलमा पारियो बिरेन्द्रले मात्र बिपिलाई नेपालमै बस्न दिने मात्र छुट दिए । यसरी नेपालमा राजनीतिक घट्नाक्रम अरुनै नंया रुपमा विकाश भैसकेको थियो ! तर बिपिले बिरेन्द्र राजा भइसकेपछिको नेपाल राम्रोसङ्ग अध्यन गर्न र बुझ्न नपाउदै उनको मृत्युु भयो
जुन नेपालकोलागि अर्को अपुरर्णिय क्षेती भयो । देशले एक राजनेता गुमायो ।

७) यसरी घट्नाक्रम अगाडि बढिरहदा २०३६ सालको जनमत संग्रह भएको छ । जनमत संग्रहले जनताको इच्छा बिपरित, शासकले फेरिपनी मनपनी गरि योजनावद्द रुपमा निस्पक्ष चुनाव गरेको थिएन भने, चुनावी परिणाम दरवारको पक्षमा देखिनु तत्कालीन कम्युनिस्ट घटकहरुको पनि उत्तिकै महत्वपुर्ण हात रहेको पाइन्छ । जुन नेपाल र नेपालिहरुकोलागि गम्भीर खेलवाड थियो !
यसैक्रममा फेरिपनि अर्को त्रुटि दोहोरियो २०४६ सालको राजनीतिक घट्ना ।
यो परिवर्तन या घट्ना जे भनौ प्रजातन्त्र पुनर्बाहालिको रुपमा सहि भएपनी राजनीतिक नेतृत्व सहि नहुँदाको परिणाम उहीँ दक्षिण शक्तिको पोल्टामा शक्ति पुग्यो यो नेपालको लागि अर्को दुर्भाग्य थियो । जनताको लागि अर्को बज्रपात भयो ०४७ सालको परिवर्तन, जुन आज प्रमाणित भैसकेको छ ।

८) यसैबिचमा आशालाग्दो राजनीतिक नेत्रुत्व उदाईसकेका थिए । जनताले अब हाम्रो नेता मदन भण्डारी भएको बताउदै गर्दा तत्कालीन नेकपा एमालेका माहासचिव कमरेड मदन भण्डारी निक्कै अगाडि देखि सकेका थिए । बिपिको मृत्युपछि जनताको मुक्तिको लागि आशाको केन्द्र उनिमात्रै एकमात्र नेता देखिन्थे । दु:खद घट्ना दुर्भाग्यको निरन्तरताले याहाँ पनि काम गर्यो- उनी नेतृत्वमा स्थापित हुँदै गर्दा उनिले सरकारको नेत्तुत्व गर्न नपाउदै उहाँको पनि सुनुयोजित तरिकाले चितवनको दाशढुङ्गामा पुर्याई हत्या गरियो ।
याहाँसम्म आइपुग्दा नेपालले महेन्द्र, बिपि पछि अर्को नेतृत्व मदन भण्डारी समेत गुमायो ।

९) अर्को दुर्भाग्य नेपालले २०५२ ब्यहोर्यो ।
यस्का योजनाकार मध्यका एक पुर्व राजा ज्ञानेन्द्र शाह पनि थिए ।
धुर्त र चतुर यिनको पासोमा आजका प्रचण्ड जस्ता होनहार रास्ट्रवादी नेता ज्ञानेन्द्रको पासोमा परे ।
फलतः नेपालले १० वर्षे माओवादी जनयुद्धको नाममा अर्को क्षति ब्यहोर्यो ।

९) यसैबिच २०५८ जेष्ठ १९ को घट्ना घट्यो । यो घट्ना नेपालको लागि अर्को रास्ट्रवादी आन्दोलनको क्षति साबित भयो । यस्ले ज्ञानन्द्रको योजनालाई समेत तहसनहस पार्यो ! ज्ञानेन्द्रको माओवादी जनयुद्धको जगमा टेकेर दाइलाई हटाएर आफू आजीवन नेपाल रास्ट्रको रास्ट्रपति हुने सपना सबै तुसरापात भयो ।
फलतः नेपालमा यो अवस्था सृजना हुनेबेलासम्म आइपुग्दा नेपालको सम्पुर्ण राज्यसत्ताको अङ्ग-प्रत्याङगमा वैदेशिक शक्तिले अघोषित रुपमा कब्जा जमाई सकेको कसैले पत्तो नै पाएनन् ।

१०) यसैको जगमा २०६२/६३ को आन्दोलन जन्म्यो
२०६५ जेष्ठ १५ मा गणतन्त्र घोषणा भयो, सरकारहरु बन्दै गए ! बनिरहेकै छन ।

यसरी राजनीतिक घट्नाक्रम विकाश हुँदै २०७२ असोज ३ गते नेपाली जनताले बनाएको संबिधान भनी घोषणा भयो ।
तरपनि नेपाली जनताले २००७ साल देखि चाहेको परिवर्तन आजसम्म ४/४ वटा राज्यव्यवस्था फेरिसक्दा र ७ थान भन्दा बढी संबिधान पाईसक्दा पनि जनचाहाना पूरा हुन सकेको छैन । यस्को मुलकारण खोज्दै जादाँ एउटै निचोड निक्लन्छ, नेपालमा पुर्णतया वैदेशिक शक्तिको राज अर्थात नेपाल बिदेशी शक्तीको चक्रब्युहमा परेको छ । यो भनेको अहिले नेपाल दक्षिण भारतको मात्र हस्तक्षेप भित्र छैन नेपालमा प्रमुख हस्तक्षेपकारी शक्ति पस्चिमा शक्ति हो र त्यो भारतको साथ हुँदै नेपालमा गतिलो जरा गाडेर रहेको छ भन्ने हो । लेखक गोविन्द बोहोरा हाम्रो पार्टी नेपालका संयोजक हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *