राजनिती

‘एड हैन ट्रेड देउ’ भनेर मैले डब्लुटिओमा कुरा राखेको थिए – पुर्व मन्त्रि थापा

‘एड हैन ट्रेड देउ’ भनेर मैले डब्लुटिओमा कुरा राखेको थिए – पुर्व मन्त्रि थापा

तत्कालिन सुशील कोइरालाका पालामा बाणिज्य तथा आपूर्ति मन्त्रि तथा राप्रपाका लागि धनकुटा क्षेत्र नम्बर १ बाट बिजेता प्रतिनिधि सांसद सुनिल बहादुर थापाले आफु मन्त्रि भएका बेला धेरै सुधारका काम अघि सारेको बताएका छन्। उनले आफ्नै पालामा वर्ल्ड ट्रेड अर्गनाइजेसनमा आफुले अब नेपाललाइ आफै आत्मा निर्भर बनोस भन्ने चाहने हो भने एड नभएर ट्रेड दिन आग्रह गरेको बताएका छन्।

२०७२ साल मा सुशील कोइराला नेपाली कांग्रेस बाट प्रधानमन्त्री भएका अबेला थापाले बाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालेका थिए। उनले नेपाल आयल निगमलाइ पाइप लाइन मार्फत भारत संग जोड्ने निर्णय मात्र गरेनन निगममा स्वचालित मूल्य प्रणाली पनि आफैले सुरुवात गरेर अर्बौ घाटामा रहेको आयल निगमलाई फाइदा तर्फ लागेको समेत विश्व घटना संगको अन्तरबार्ताका क्रममा बताएका छन् ।

विकाषलाइ आफुले प्राथमिकतामा राखेको बताएका पुर्व मन्त्रि थापाले नारायणगढ मुग्लिन सडक चार लेनको बनाउने निर्णय पनि आफ्नै पालामा गरेको बताएका छन्।

अन्तर्वार्ताकै क्रममा पुर्व मन्त्रि थापाले आफुले आफ्ना पिताले दिएको नाम लाइ अहिले सम्म सदुपयोग गरेको र आब आफु आफै राजनीतिज्ञ बन्ने बाटो तर्फा लागेको बताएका छन्।

राप्रपा छाडेर किन नेपाली कांग्रेस प्रवेश गरेको भन्ने प्रश्नमा थापाले राप्रपाले आफ्ना पिता सुर्य बहादुर थापाले डोर्याएको राप्रपा अब बाँकी नरहेको र नेपाली कांग्रेस संग सिधान्त मिल्ने भएकोले राप्रपा परित्याग गरेको समेत बताएका छन्।

२०७४ को चुनाव मा पराजय भोग्नुको पछाडी आफु देश र राष्ट्र सुधार गर्न लागेकोले निर्वाचनको लागि आवश्यक तयारी गर्न नसकेको उनको तर्क थियो।
पुर्व मन्त्रि सुनिल बहादुर थापा हालै मात्र राप्रपा परित्याग गरेर नेपाली कांग्रेस प्रवेश गरेका छन्। नेपाली कांग्रेसका सहमहामन्त्री रहेका थापा अबको चुनावमा आफु निर्वाचित हुनेमा ढुक्क रहेको बताउछन्।

भिडियो अन्तर्वार्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *