बागचौर बजारमा रहेको बैंक अगाडि संकास्पद बस्तु फेला
बागचौर बजारमा रहेको बैंक अगाडि संकास्पद बस्तु फेला
१ साउन २०७७ काठमाडौँ : सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ बागचौर बजारमा संकास्पद बस्तु फेला परेको छ । आज बिहान बागचौर बजारमा रहेको मुक्तनाथबिकास बैंक अगाडि उक्त बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बिहान करिब ६.०० बजेको समयमा सानो बाल्टिनमा राखेको संकास्पद बस्तु भेटिएपछि स्थानीयले प्रहरीललाई खबर गरेपछि त्यहाप्रहरी परिचालन गरेको जानकारी दिनुभयो ।
उहाँकाअनुसार बस्तु सँगै केही कुरा लेखेको पत्र समेत छोडिएको छ । राखेको पर्चामा कोरोनामहामारीको समयमा समेत किसानहरुसंग ऋण असुली गरेको, लकडाउनको समयमा किसानहरुलाइ ऋण तिर्न बाध्यपारेको लगायतका कुरा पर्चामा लेखिएको छ । संकास्पद बस्तुलाई डिस्पोजन गर्न नेपाली सेना त्यसतर्फ जादै गरेको छ ।
