मेलम्चीको ढोका फुट्दा हाराएका दुईजना भेटिएनन्, गाडी निकालियो, घाइतेको अबस्था सामान्य
मेलम्चीको ढोका फुट्दा हाराएका दुईजना भेटिएनन्, गाडी निकालियो, घाइतेको अबस्था सामान्य
३० असार २०७७ मेलम्ची : मेलम्ची खानेपानी आयोजनाले काठमाडौंमा पानी ल्याउन बनाएको सुरङ्को ढोका एक्कासि फुट्दा बेपत्ता भएका दुई जना अझै फेला पर्न सकेका छैनन् ।
परीक्षणका क्रममा रेहेका सुरुङको १७ नम्बर गेटमा अडिट च्यालन मुख्य सुरुङमा जाने सहायक सुरुङ) मा पानीको प्रेसरले एकैपटक ढोका फोडे पछि सो सुरुङको जाँच गर्न गाडीमा गएका चार जान मध्ये दुई जनाको काठमाडौंको ग्रयाण्डी अस्पतालमा उपचार भईरहेको र उहाँहरुको अबस्था समान्य रहेको मेलम्ची खानेपानी आयोजनाका सञ्चार विज्ञ निमेश रेग्मीले बताउनुभयो ।
सो घटनामा हराइरहेकामा मेलम्ची आयोजनाका चालक काठमाडौं भैंसेपाटीका साधाकृण मगर र सिनो हाइड्रोका इञ्जिनिया जनकपुरका सातिषकुमार गोइत रहनुृभएको छ ।
त्यस्तै घाइते हुनुभएकामा सिनो हाइड्रोका साइट इञ्जिनियर शेखर खनाल र साइट इन्चार्ज पेम्बा दोर्जे लामा रहनु भएको छ । पानीले एकै पटक गेट भत्काए पछि सो गाडी अडिट टनेलबाट उच्छिटिएर मेलम्ची नदिमा पुगेको र गाडीलाई नदिबाट निकालिए पनि हराइ रहेकालाई फेला पार्न सकिएको छैन ।
