देश

सङ्खुवासभामा गएको पहिरोमा परि ११ जना बेपत्ता

सङ्खुवासभामा गएको पहिरोमा परि ११ जना बेपत्ता

२८ असार २०७७ संखुवासभा : सङ्खुवासभाको सिलिचोङ गाउँपालिका-१, सिसुवाखोलामा पहिरो जाँदा सात घर बगाएको छ । पहिरोले बगाएर ११ जना बेपत्ता परेका छन् ।

अविरल वर्षापछि गएराति गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले बताउनुभयो ।

अहिले बिहान घटनास्थलतर्फ प्रहरी गइरहेको जिल्ला प्रहरी कार्यालय, सङ्खुवासभाले जनाएको छ । अहिले पनि भारी वर्षा भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

साथै सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले पहिरो गएको स्थान निकै दुर्गम भएको तथा घटनास्थल पुग्न बाटोमा खोलाहरूमा बाढी आएकाले मुस्किल भएको फोन सम्पर्कमा बताउनुभयो ।