कोरोनाभाइरसमनोरंजन

अमिताभ बच्चन र छोरा अभिषेक बच्चनमा देखियो कोरोना

अमिताभ बच्चन र छोरा अभिषेक बच्चनमा देखियो कोरोना

२८ असार २०७७ काठमाडौँ : भारतीय सिने जगतका हस्ती अमिताभ बचनमा कोरोना संक्रमण पाइएको छ । बीबीसीका अनुसार अमिताभ वचनले ट्वीट मार्फत सो कुराको खुलासा गर्नु भएको हो ।

ट्वीटमा उहाँले आफूमा कोरोना संक्रमण पोजेटिभ पाइएको र अस्पतालमा भर्ना भएको तथा परिवारका सदस्यमा पनि परीक्षण भई रिजल्ट आउन बाँकी रहेको उल्लेख गर्नुभएको छ ।
तर उहाँका छोरोअ अभिषेक बचनले पनि केही बेरमा ट्वीट गरी आफूपनि संक्रमित भएको जानकारी दिनुभएको छ ।

उहाँहरु दुबैजनालाई मुम्बइको नानाभिटा अस्पताल लगिएको छ र अभिषेकले अभिताभ र उहाँमा सामान्य खालको लक्षण देखिएको जनाउनु भएको छ । अमिताभले उहाँसँग दश दिन अघिसम्म निकट रहेका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गर्नुभएको छ । बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *