Breakingकोरोनाभाइरस

चौबीस घण्टामा १०८ नयाँ सङ्क्रमित थपिए, कुल १६ हजार ५३१

चौबीस घण्टामा १०८ नयाँ सङ्क्रमित थपिए, कुल १६ हजार ५३१

२५ असार २०७७ काठमाडौँ : नेपालमा कोरोनाभाइरसका १०८ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबिस घण्टामा एक सय आठ जना सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमित हुनेको संख्या १६ हजार ५३१ पुगेको छ । बुधबार चौबिस घण्टामा २५५ जना नयाँ सङ्क्रमित थपिएको थियो ।

पछिल्लो एक साता यता नेपालमा नयाँ थपिने बिरामीको संख्या घट्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार चौबिस घण्टामा चार हजार ५८८ जनाको आर टी पीसीआर परीक्षण गरिएको छ । हालसम्म क्वारेन्टाइनमा रहेका बिरामीको संख्या २४ हजार ४२५ तथा आइसालेशनमा आठ हजार ६०५ जना रहेको छ ।

दुई लाख ७० हजार व्यक्तिमा कोरोना सङ्क्रमण सम्बन्धी आरटी पीसीआर परीक्षण गरिएको छ ।